विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “बृहत्तर जनकपुर क्षेत्र” भन्नाले माध्यमिकी (पञ्चकोशी) परिक्रमा मार्गभित्र पर्ने ढेराकचुरी, जनकपुर हनुमाननगर, बहुअर्वा बेहडावेला, तुल्सियाही जब्दी, मटिहानी, जलेश्वर, मडई,ध्रुवकुण्ड, कन्चनवन ( हरिनमरी), पर्वत्ता, धनुषा धाम, सतोषर, औरही समेतको क्षेत्र सम्झनु पर्छ ।
(ख) “माध्यमिकी (पञ्चकोशी) परिक्रमा” भन्नाले बृहत्तर जनकपुर क्षेत्रभित्र को जनकपुरधामलाई केन्द्र मानी सनातनदेखि चलिआएको फाल्गुण शुक्ल परेवा तिथिदेखि फाल्गुण पूर्णिमासम्म लाग्ने परिक्रमा सम्झनु पर्छ ।
(ग) “परिषद्” भन्नाले दफा ३ बकोजिम स्थापना भएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् सम्झनु पर्छ ।
(घ) “सञ्चालक परिषद्” भन्नाले दफा ६ बमोजिम गठित सञ्चालक परिषद् सम्झनु पर्छ ।
(ङ) समिति” भन्नाले दफा ९ बमोजिम गठित कार्यकारिणी समिति सम्झनु पर्छ ।
(च) “अध्यक्ष” भन्नाले सञ्चालक परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(छ) “सदस्य” भन्नाले सञ्चालक परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ज) “सदस्य–सचिव” भन्नाले सञ्चालक परिषद्को सदस्य–सचिव सम्झनु पर्छ ।
(झ) …………………
(ञ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।